शुक्रबार, २३ आश्विन, २०८३

बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद

२०८३ असोज २२ काठमाडौँ । प्रहरीले काठमाण्डुको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको छ ।  

बिहीबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा सुन बरामद गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बरामद गरेको सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधनका लागि राखिएको भेटिएको हो ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउसमेत गरिएको छ ।

बरामद सुनको स्रोत, कारोबारमा संलग्न व्यक्तिहरू तथा घटनाको अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

advertisement_1676551537.gif