सोमबार, १६ चैत्र, २०८२

यस्ता छन्, एमाले सचिवालय बैठकका निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ चैत्र, २०८२

यस्ता छन्, एमाले सचिवालय बैठकका निर्णय

२०८२ चैत्र १४, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।
एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।
एमालेले गरेका निर्णयहरु यस्ता छन्–
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।

advertisement_1676553851.gif