राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ माघ, २०७९
अर्घाखाँची।गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।
नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता लगायतले संयुक्त वक्तव्य निकालेर कार्यक्रम बहिष्कार गरेका छन।