बुधबार, १४ आश्विन, २०८३

चार सिडिओसहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

चार सिडिओसहित पाँच सहसचिव र तीन उपसचिवको सरुवा

२०८३ असोज १३ काठमाडौँ I गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रशासनिक नेतृत्वमा फेरबदल गरिएको हो ।

निर्णयअनुसार रामेछापकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । प्युठानका सीडीओ शान्ति राज प्रसाईंलाई सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ ।

गृह मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत मोतीराम सापकोटालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । त्यस्तै, कपिलवस्तुका सीडीओ जनार्दन गौतमलाई गृह मन्त्रालय वा मातहतको जिम्मेवारीमा सरुवा गरिएको छ ।

गृहकै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई डोटीको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ । डोटीकी सीडीओ कल्पना घिमिरे नेपाललाई भने गृह मन्त्रालय वा अन्तर्गत उपसचिवको जिम्मेवारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, गृह मन्त्रालयमा उपसचिव रहेका भक्तीराम मरासिनी अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । अर्घाखाँचीमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत उपसचिवका रूपमा सरुवा गरिएको छ ।

advertisement_1676551646.gif