राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ७ चैत्र, २०८२
२०८२ चैैैत्र ७, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेर हङकङ प्रस्थान गरेका छन् ।
उनको सचिवालयका अनुसार सिंगापुरमा उपचार सकेपछि उनी थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन् ।
हङकङमा निर्धारित कार्यक्रमहरू सम्पन्न गरेपछि देउवा स्वदेश फर्किने तालिका रहेको जनाइएको छ । देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए ।
देउवा फागुन १४ गते उपचारको लागि भन्दै सिंगापुर गएका थिए ।