सोमबार, १ असार, २०८३

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० श्रावण, २०८१

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५३ जनाको मृत्यु

काठमाडौं, साउन २० । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय ५३ जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ५३ जनाको मृत्यु भएको हो ।

उनका अनुसार बाढीपहिराबाट काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् । 

बाढीपहिराबाट काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय आठ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । 

उनले भने, “आजसम्म बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।”

बाढीका कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बढी पहिरो कै कारण दुई सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढीपहिरोले आजसम्म सात सय ४३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका भएका छन् । 

advertisement_1676553908.gif
अन्य समाचार