बुधबार, १९ चैत्र, २०८१

तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला सम्पन्न।

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ बैशाख, २०८०

तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला सम्पन्न।

पोखरा। विश्वविद्यालय अनुदान आयाेगकाे आर्थिक सहयाेगमा शैक्षिक याेजना तथा व्यवस्थापन तथा शिक्षा बिभागले संयुक्तरूपमा आयोजना गरेकाे "तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला-२०२३" विषयक ५ दिने कार्यक्रमकाे पाँचौ दिन आज बैशाख १८ गते समापन समाराेह भव्य र सभ्य रुपले सम्पन्न भएकाे छ ।

विश्वविद्यालय अनुदान आयाेगका अध्यक्ष प्रा डा देवराज अधिकारीकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गण्डकी विश्वविद्यालयका भिसि प्रा डा नवराज देवकोटा बिशिस्ट अतिथिकाे रुपमा, विश्वविद्यालय अनुदान आयाेगका अनुसन्धान निर्देशक डा प्रमाेद पाैडेल विशेष अतिथिकाे रुपमा, विज्ञ प्रा डा लेखनाथ भट्टराई, अनुसन्धान तथा नवप्रवतर्तन केन्द्र सदस्य प्रा डा मीन पुन, सल्लाहकार सदस्य यादव राज अधिकारीले मन्तव्य, सकुन्तला पगेनीले स्वागत मन्तव्य, राम प्रसाद सुवेदीले सहभागीताकाे अनुभव, तथा कार्यक्रमका संयाेजक डा श्रीकृष्ण पन्थीले धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभएको थियाे भने कार्यक्रम टेकनाथ पाैडेलले सन्चालन गर्नुभएको थियाे। 

कार्यक्रममा प्रमुख अतिथिले सामाजिक विज्ञान तथा शिक्षातर्फ अनुसन्धान लेखहरु अभाव रहेकाे अवस्था छ साे पुरागर्न अनुसन्धानमा लाग्न प्रेरणादात्मक सल्लाह दिनु भयाे, बिशिष्ट अतिथिले शिक्षण सिकाई कार्यभारमा अनुसन्धानलाई पनि समाबेस गराउनुपर्ने बताउनु भयाे भने, विशेष अतिथि पाैडेलले अनुसन्धानमा बाैद्धिक चाेरी तथा गुणस्तरलाई ध्यान दिन सल्लाह दिनु भयाे । साथै विज्ञ भट्टराईले सिकेकाे कुरालाई व्यवहारमा उतार्न सल्लाह दिनुभएको थियाे भने अर्का विज्ञ प्रा डा पुनले अनुसन्धानमा छुट्टयाइएको बजेटसमेत खर्च नभएको तिताे अवस्थाका बाबजूत QAA प्राप्त गरेपछि पृथ्वीनारायण क्याम्पसका ४ वटा जर्नलहरु स्टार चिन्ह हासिल गरिसकेको बताउनु भएकाे थियाे । 

साथै अनुसन्धानलाई देश र समाजकाे विकाससँग जाेड्नुपर्ने विचार राख्दै सभापति रेशम बहादुर सुवेदीले कार्यक्रमकाे विसर्जन गर्नुभएको थियाे । कार्यक्रममा TUTA एकाइ अध्यक्ष डा लक्ष्मीशरण अधिकारी, सह नियन्त्रक तथा लेखा प्रमुख पुस्प राज पाैडेल, QAA शाखा प्रमुख अमृत कुमार भण्डारी, पुस्तकालय प्रमुख किशाेर सुवेदी, नवराज बास्ताेला पनि अतिथिका रुपमा सहभागी रहनुभएकाे थियाे ।

कार्यक्रममा आयाेजक समितिले सहभागीलाई प्रमाणपत्र, विज्ञलाई कदरपत्र र अतिथि त्रयलाई मायाकाे चिनाे प्रदान गरेकाे थियाे ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif