आईतवार, २४ श्रावण, २०८३

७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

२०८३ साउन २३, भक्तपुर । भक्तपुरमा खाना पकाउने एलपी ग्यास तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा एक किराना पसल सञ्चालक पक्राउ परेका छन् ।

चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकस्थित किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा चेकजाँच तथा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा उपभोक्तालाई प्रति सिलिन्डर ७ हजार रुपैयाँ का दरले एलपी ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको छ । ग्यासको कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676553851.gif