बुधबार, १९ कार्तिक, २०८३

बेवारिसे कार बरामद, प्रहरीले आवश्यक अनुसन्धान लागि भैरहवा भन्सार कार्यालय पठायो

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

बेवारिसे कार बरामद, प्रहरीले आवश्यक अनुसन्धान लागि भैरहवा भन्सार कार्यालय पठायो

२०८३ कार्तिक १८ रुपन्देही । प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार मङ्गलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जिजे २१ सिबी ६००१ नम्बरको भारतीय कार बरामद गरिएको हो ।

प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार खाली जग्गामा लामो समयदेखि बेवारिसे अवस्थामा ‘पार्किङ’ गरी राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास गर्दा उक्त कार फेला पारेको हो ।

बरामद कारको अनुमानित मूल्य रु ९० लाख रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको कार आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

advertisement_1680627706.gif