शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

नेपालगन्जमा “हाम्रो आवाजः चेलीबेटी बेचबिखन मुक्त समाज” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १७ पुष, २०८०

नेपालगन्जमा “हाम्रो आवाजः चेलीबेटी बेचबिखन मुक्त समाज” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।

नेपालगन्ज÷(बाँके) पवन जायसवाल । बाँकेको नेपालगन्जमा “हाम्रो आवाजः चेलीबेटी बेचबिखन मुक्त समाज” मानव बेचबिखन तथा ओसार पसार विरुद्ध संचारकर्मीहरुसँग माइती नेपालद्वारा पौष १५ गते आइतवार आयोजित पत्रकारहरुसँको अन्तरक्रिया गरियो माइती नेपालका संयोजक केशवराज कोइरालाले एक वर्षको अवधिमा एक वर्षको अवधिमा यस नाका भएर जोखिमपूर्ण यात्रा गर्ने ५ सय ९ जनालाई सीमा नाकाबाट उद्धार गरिएको बताएका छन् ।

माइती नेपाल, नेपाल पत्रकार संघ, बाँकेको संयुक्त आयउोजनामा गरिएको पत्रकार अन्र्तक्रिया कार्यक्रममा सन् २०२३ को एक वर्षको अवधिमा नेपालगन्ज नाका हँुदै जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या वृद्धि भएको पाइएको छ । 

केशव कोइरालाका अनुसार जोखिमपूर्ण यात्रा गर्ने जिल्लामा सबैभन्दा बढी बढी बाँके ८२ जना रहेका छन् । बैजनाथ गाउँपालिकाका २८ जना,  कोहलपुर नगरपालिकाका १९ जना, खजुरागाउँपालिका १४ जना, नेपालगन्ज र राप्तीसोनारी ९÷९ जना, डुडुवा गा.पा. १ जना र जानकी गाउँपालिका २ रहेका छन् भने सुर्खेत ६० जनाल बर्दिया ५३ जनासल्यान ३६ जना, दैलेख ३० जना, जाजरकोट २७ जना, रुकुम २० जना, रोल्पा १९जना, कैलाली १६ जना, जुम्ला १४ जना रहेका छन् । जसमा ब्रहमण÷क्षेत्री २ सय ५ जना, जनजाति १ सय ३० जना, दलित १ सय ६२ जना, आदिवासी १२ जना, १८ वर्ष मुनिका बालिका १ सय ८२ जना, बालक १६ जना १८ वर्ष भन्दा माथिका ३ सय ११ जना जोखिम यात्रामा रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

सन् २०२१ मा ४ सय ३४ जना, सन् २०२२ मा ५ सय २९ जना र सन् २०२३ मा ५ सय ९ जनाको सीमाबाट उद्धार गरिएको थियो । केशव कोइरालाका अनुसार सन् २०२१ मा ४ सय ३२ जना, सन् २०२२ मा ५ सय ३४, सन् २०२३ मा ५ सय २० जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । सन् २०२१ मा ४ सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको थियो । सन् २०२२ मा सीमा नाकाबाट परामर्श दिई घर फर्काइएको संख्या ५ सय २७ जना  सन् २०२३ मा ४ सय ७९ जना रहेको माइती नेपाल नेपालगन्जले जनाएको छ । यसरी खोजतलासका लागि निवेदन दिनेको संख्या ६ सय ६२ जना रहेकोमा २ सय ७८ जना फेला परेका छन् । यो अवधिमा बेचविखनका मुद्दा २ वटा दर्ता भएका छन् ।

हराएका बालबालिका एवं महिलाहरु खोजतलास तथा उद्धारका लागि आएका निवेदनहरु ६६२ जना जसमध्ये २७८ जना फेला परेका छन््् । यसरी भारत तथा खाडी मुलुकबाट उद्धार गरिएको संख्या जम्मा १२ जना भारतबाट रहेका छन् । बर्दियाबाट ७ जना जसमा बढैयाताल गा. पा. ६ जना र गेरुवा गा. पा. १ जना, दैलेख २ जना,  बाँकेबाट २ जना जसमा नेपालगन्जका १ र बैजनाथ गा.पा बाट १ जनालाई ब्रहमण ÷क्षेत्री  ८ जना, जनजाति १ जना, दलित ३ जनाको उद्धार गरिएको छ जसमा १८ वर्ष मुनिका बालिका ७ जना, १८ वर्ष मुनिका बालक ३ जना, १८ वर्ष माथिका २ जना रहेका छन् ।

सन् २००२ देखि २०२३ सम्म जोखिमपूर्ण यात्रा गरी रहेकालाई सीमाबाट ९ हजार ७७ जनाको उद्धार गरिएको, मानव बेचबिखन तथा ओसार पसार बारेमा जानकारी दिई ९ हजार १ सय ८० जनालाई पारिवारिक मिलन गराइएको, श्रम र यौन शोषणमा परी ३ यर ७७ जनाको उद्धार गरिएको, सीमाबाट परामर्श दिई ५ हजार २ सय २९ जनालाई घर फिर्ता गराइयो, खोजतालाशको लागी निवेदन दर्ता ८ हजार २ सय ३४, फेला परेका १ हजार ९ सय १६ जना, घरेलु हिंसामा निवेदन दर्ता ४ सय ५८, समाधान ३ सय ५८, सीपमूलक तालिम प्रदान गरिएको बिशोरी को संख्या १ सय ९२ जना, बेचबिखनका घटना मुद्दा दर्ता भएका संख्या ९५ जना, जर्बजस्ती करणी (बलात्कार) घटना ४९ वटा रहेको ५ । उक्त अन्र्तक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले गर्नुभएको थियो ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg