पवन जायसवाल, आईतवार, १४ माघ, २०८०
बाँके, नेपालगन्जल । लुम्बिनी प्रदेशमा कुष्ठरोगीमा बाँके जिल्ला दोस्रो स्थानमा रहेको सरोकारवाला निकायसंगको अन्र्तक्रिया कार्यक्रममा जनाइएको छिन ।
“कुष्ठरोग सम्बन्धी गलत अवधारणको अन्तय गरौं” मर्यादत व्यवहार गरौं भन्ने नाराका साथ ७१ औं विश्व कुष्टरोग दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी माघ १४ गते ( २८ जनवरी २०२४) मनाइएको छ ।
साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल बाँके, स्वास्थ्य कार्यालय बाँके, नेपाल कुष्ठरोग निवारण संघ बाँके, जानकी गाउँपालिकाका, खजुरा गाउँपालिकाका, बि.एन.एम.टी.नेपाल, टीबी नेपाल लगायत सरोकारवाला निकायको संयुक्त आयोजनामा ७१ औं विश्व कुष्टरोग दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
७१ औं विश्व कुष्टरोग दिवसको उपलक्ष्यमा जानकी गाउँपालिका, खजुरा गाउँपालिका, नेपालगन्जको धम्बोझी चौक, भेरी अस्पताल नेपालगन्ज, टीबी नेपाल, साइनिङ्ग अस्पतालमा व्यानर टाँसिएको थियो र साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल बाँकेमा रहेका कुष्टरोगी बिरामीहरुलाई न्यानो कम्बल र फलफूल बितरणका साथै सरोकारवाला संघ अन्र्तक्रिया गरिएको थियो ।
साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल बाँकेका प्रशासन अधिकृत नरेन्द्र बहादुर साउदद्वारा सञ्चालित कार्यक्रममा साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुद्वारा कुष्ठरोग बारेमा परिचय दिदैं यस अस्पतालमा ६ महिनाको अवधीमा ६० जना नयाँ कुष्ठरोगीहरुको पत्ता लागेको छ जस मध्ये २९ जना बाँके जिल्लाको रहेका छन् बर्दिया जिल्लाबाट ९ जना भारतको विभिन्न ठाउँबाट १५ जना र अन्य जिल्लाको विभिन्न स्थानबाट ७ जना रहेका जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो यसरी हेर्दा बाँके जिल्ला जोखिममा रहेको देखिन्छ । अस्पतालमा २४ बेड रहेको जानकारी गराउनु भएको थियो ।साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल, बाँकेकाद्वारा सञ्चालित ओपीडी ( बहिरंग सेवा) अस्पतालमा ६ महिनाको अवधीमा ८,६०२ जनाको उपचार भएको छ भने १९ जना भर्ना भई उपचारमा रहेका छन् ।
सो अन्र्तक्रिया साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुको अध्यक्षतामा सम्पन्न भएको थियो, कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय बाँके प्रमुख सुनीता पौडेलले २१औं शताव्दीमा कुष्ठरोगको उपचार राम्रोसंग भयो भने ठीक हुन्छ । बाँके जिल्ला एकदम जोखिममा रहेको छ । समुदायमा लेकेर बसेका कुष्ठरोगीको पत्ता लगाई उपचार गरेर निवारण गर्न सकिन्छ । हामी सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले यस अस्पतालले दिर्दै आएको सेवामा गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बाँके स्वास्थ्य कार्यालयका क्षय÷कुष्ठ फोकल पर्सन रबिन्द्र शाह, भेरी अस्पतालका छालारोग बिशेषज्ञ डा.आर के झाँ, बि.एन.एम.टी.नेपालका दिपेन्द्र पाण्डे, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल लगायतले कुष्ठरोगको बारेमा आ–आफना बिचार राखेका थिए ।
जानकी गाउँपालिका वार्ड नं.–मानपुर स्थित आइ.एन.एफ.नेपालद्वारा सञ्चालित साइनिङ्ग अस्पतालमा नेपालको विभिन्न स्थानबाट र भारतको विभिन्न स्थानबाट कुष्ठरोगका बिरामीहरु आएर उपचार गराउने गर्दछन् । लुम्बिनी प्रदेशको दोस्रो जेखिम जिल्ला बाँके रहेकोे छ यस जिल्लामा २९ जना ६ महिनाको अवधीमा देखिएका छन् ।
कार्यक्रममा बाँके स्वास्थ्य कार्यालयका दुर्गा देवी उपाध्याय, जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, बि.एन.एम.टी.नेपालका कालमान तामाङ्ग, राजमान चौधरी, टीबी नेपालका नारायण चौधरी, नेपाल कुष्ठरोग निवारण संघ बाँकेका सदस्य सचिव श्रीराम चौधरी, आइ.एन.एफ.नेपाल, बाँकेका परियोजना संयोजक अभिषेक बिक, प्रशासन तथा सम्पर्क याम बहादुर केसी, बित्त संयोजक आईएनएफ दिपक कुमार थारु, लोकेन्द्र बहादुर रोका क्षेत्री, माया केसी, अनमी सृजना रानामगर, शान्ति रावल, अस्पतालका सहजकर्ता उपेन्द्र चौधरी, नबिनराम खडका, जैसरा बुढा (गुरुङ्ग), आशिष रानामगर, चन्द्र बुढा, रन्जित केसी, संगीता बुढा उक्त कार्यक्रममा सरोकारवाला निकाय तथा संघसंसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।