शनिबार, २० भाद्र, २०८३

रसुवा बाढी : यसरी हुँदै छ पूर्वी नवलपरासीमा शव व्यवस्थापन (तस्वीरहरू)

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ भाद्र, २०८३

रसुवा बाढी : यसरी हुँदै छ पूर्वी नवलपरासीमा शव व्यवस्थापन (तस्वीरहरू)

२०८३ भदौ १५ काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी हुँदै पूर्वी नवलपरासीमा भेटिएका शवमध्ये पहिचान हुन नसकेका १ सय ५४ वटा शव व्यवस्थापन गरिएको छ ।

कावासोती नगरपालिका–३ ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिका–१ दिव्य मध्यवर्ती सामुदायिक वनमा ती शव जमिनमुनि व्यवस्थापन गरिएको हो ।डीएनए नमुना संकलन गरी आवश्यक प्रक्रिया पूरा गरेर शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितले बताए ।

गैंडाकोटदेखि विनयी त्रिवेणीसम्मको नारायणी नदी तटमा अहिलेसम्म २ सय ७ शव फेला परेका छन । त्यसमध्ये ४१ वटा गण्डकी अस्पताल, पोखरा र ८ वटा जिल्ला अस्पताल, पाल्पा पठाइएको छ ।

अहिलेसम्म १५ शवको पहिचान खुलेपछि आफन्तलाई बुझाइएको सूचना अधिकारी पण्डितले जानकारी दिए ।

advertisement_1676553908.gif