राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ भदौ १९ काठमाडौं । भोटेकोशीको बाढीपछि थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरिएको छ ।
उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने अनुसार सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो । सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको उनले बताएका छन् ।
‘अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ,’ सांसद न्यौपानेले सामाजिक संजालमा लेखेका छन् । शुक्रबार बिहान मात्र उनले सामाजिक सञ्जालमा भोटेकोशीको सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी गराएका थिए ।
उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।