राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ भदौ १९ काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ । रास्वपा सांसद श्रीराम न्यौपानेले सामाजिक संजाल मार्फत सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको जानकारी दिए ।
शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेको बताइएको छ ।
खोजी तथा उद्धारमा खटिएका इन्जिनियरका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो ।
नेपाली सेनाले बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार प्रयासलाई थप केन्द्रित गरेको थियो ।