सोमबार, ११ कार्तिक, २०८२

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ श्रावण, २०८२

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

२०८२ साउन २३, काठमाडौं । आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ ।

आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र बिज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै,दिउसो १२ः १५ बजे बस्न लागेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै,आज बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, आज बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गर्ने कार्यसूची राखिएको छ ।

त्यसैगरी, बिहान ९ः १५ बजेदेखि सुरु हुने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने छ।

advertisement_1680627706.gif