राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १३ असार, २०८२
१३ असार २०८२, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् । खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा रोम जान लागेकी हुन् ।
रोममा हुने खाद्य तथा सुरक्षा संगठनको ४४ औं सम्मेलनमा मन्त्री राणा भाग लिनेछिन् । असार १४–२० सम्म उक्त सम्मेलन हुँदैछ । परराष्ट्र मन्त्रालयले बिहीबार राणाको भ्रमणबारे जानकारी दिएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री राणाले सम्मेलनको मुख्य सेसनलाई सम्बोधन गर्ने छिन् । मन्त्रीको टोलीमा परराष्ट्र र कृषि मन्त्रालयका अधिकारी सहभागी हुनेछन् ।