शनिबार, ६ बैशाख, २०८२

आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ७ भाद्र, २०८१

आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै

काठमाडौं, भदौ ७ । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिदै छ ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीमा नाम जोडिएको र गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ।

समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो। विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उहाँको हस्ताक्षर चल्ने गरेको बयान दिएका थिए।

यसअघि बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफू बयान दिन जाने बताएका थिए।  समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन् ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif