शनिबार, ६ बैशाख, २०८२

आज सांसदका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहाल

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ असार, २०८१

आज सांसदका प्रश्नहरुको  जवाफ दिँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको आजको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिने भएका छन् ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा  प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम रहेको छ ।

त्यस्तै आजको बैठकमा नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छन्।

विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थालेको हो ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif