मंगलवार, २८ आश्विन, २०८२

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३० भाद्र, २०८२

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण

२०८२ भदौ ३०, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै मन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

शपथ लगत्तै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गरेसँगै नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

खनाललाई अर्थको अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पजि जिम्मेवारी दिइएको छ ।

advertisement_1680627706.gif