मंगलवार, १२ कार्तिक, २०८२

अर्थमन्त्री पौडेल डिस्चार्ज

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ५ फाल्गुन, २०८१

अर्थमन्त्री पौडेल डिस्चार्ज

५ फागुन, काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरेको हो । उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो ।

त्‍यस्‍तै सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि स्वास्थ्य उपचार सामान्य बन्दै गएको छ । मेयर आचार्यलाई उच्च रक्तचापको समस्या भएकाले उनलाई थप केही दिन उपचार गराइने अस्पतालले जनाएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

advertisement_1676551694.gif