बिहीबार, ९ जेष्ठ, २०८२

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २४ चैत्र, २०८१

अर्थसहित तीनवटा समितिको बैठक बस्दै

२५ चैत २०८१, काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बस्ने छ ।

यसैगरी, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif