मंगलवार, १२ कार्तिक, २०८२

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ९ जेष्ठ, २०८२

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

८ जेठ २०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएक छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् ।

‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा रु दुई खर्ब १८ अर्बको निर्यात भएको छ। अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

advertisement_1676553908.gif