मंगलवार, २८ आश्विन, २०८२

बाबुराम भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ आश्विन, २०८२

बाबुराम भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

८ आश्विन २०८२ ,काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएका हुन् ।

जेन जी आन्दोलन पछि को परिवर्तन संगै दिएको उनको राजीनामाले युवा हरुलाई नेतृत्व हस्तान्तरण गर्ने कदमका रुपमा बुझिएको छ । उक्त बैठकले केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनमा जाने निर्णय समेत गरेको छ ।

महाधिवेशनका लागि आयोजक समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । समितिको संयोजकका रूपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी भइरहेको बताइएको छ ।

advertisement_1676553851.gif