सोमबार, ११ कार्तिक, २०८२

बिचार र सिद्धान्तमा प्रष्ट नभएका दलको पछाडी नलाग्नुस - उपाध्यक्ष पौड्याल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २० आश्विन, २०८०

बिचार र सिद्धान्तमा  प्रष्ट नभएका दलको पछाडी नलाग्नुस -  उपाध्यक्ष पौड्याल

काठमाडौँ । ने क पा एमालेका उपाध्यक्ष  तथा पुर्व उपप्रधानमन्त्री  बिष्णु प्रसाद पौड्यालले नयाँ दल भन्दैमा बिचार र सिद्धान्तमा कुनै प्रस्ट नभएका दल को पछाडी नलाग्न आवहान गरेका छन्।  उनले बिचारको दृष्टिकोणले एमाले संग मात्र  देश बनाउने भिजन रहेको बताएका छन्।

 नेकपा एमाले पाल्पा काठमाडौँ सम्पर्क मंच द्वारा काठमाडौँ मा आयोजित दशैँ तिहार शुभकामना आदान प्रदान कार्यक्रममा पौड्यालले एस्तो बिचार ब्यक्त गरेका हुन्। उनले प्लस टु पास गरेका विद्यार्थी हरुलाई तपाइहरु जुन सुकै क्षेत्रमा लाग्नु हुन्छ त्यसमा अब्बल बन्न प्रयास गर्नुहोस"उनले भने नयाँ पुस्ताले पनि देश हाँक्न सक्ने क्षमता राखेर राजननितीमा आउनुस राजनिती लाई घृणा होइन"  किनकि राजनितीबाट तपाई राजनिती बाट  टाढा रहन सक्नुहुन्न  जहा गए पनि राजनिती संग जोडिनु पर्छ" ।

उक्त कार्यक्रममा एमाले नेताहरु दलबहादुर राना,बैजनाथ चौधरी ,ठाकुर गैरे, नारायण आचार्य लगाएतले बोलेका थिए। पाल्पा काठमाडौँ सम्पर्क मंच का अध्यक्ष निल सारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मंचले  यो शैक्षिक सत्रमा पाल्पा घर भइ जहा कहिँ बाट प्लस टु पास गरेका झन्डै ६५ जना बिध्यर्थिहरु लाइ सम्मान तथा प्रमाण पत्र वितरण गरेको थियो। कार्यक्रम मंचका सचिब डीआर  पोखरेलले संचालन गरेका थिए। 

बिचार र सिद्धान्तमा  प्रष्ट नभएका दलको पछाडी नलाग्नुस -  उपाध्यक्ष पौड्याल

advertisement_1744958411.jpg