राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २४ श्रावण, २०८२
२०८२ साउन २३, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त भएका बानियाँले एमालेसँगको छलफलपछि उक्त मिति तय गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् । संविधानअनुसार मुख्यमन्त्रीले नियुक्ति भएपछिका ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
बानियाँले नेपालको संविधानको धारा १६८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ (१) अनुसार सांसदहरूको समर्थनमा विश्वासको मत लिने तयारी गरेका हुन् ।