राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० श्रावण, २०८२
२०८२ साउन १९, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेअनुसार बानियाँको नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरिएको बतााइएको छ ।
दाबी पत्रमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेका छन् ।
यसअघि हिजो बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।