राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ श्रावण, २०८२
२०८२ साउन १८, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पदबाट राजीनामा दिने भएका छन् । लामाले राजीनामा दिएपछि नेपाली कांग्रेस बागमती, प्रदेश संसदीय दलमा नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
मन्त्रीहरुले पदबाट राजीनामा दिएर संसदीय दलमा अविश्वासको प्रास्तव दर्ता गरेपछि लामा समस्या थिए । अविश्वासको प्रस्ताव पारित भएर संसदीय दलको नेता पद गुमाएका लामाले मुख्यमन्त्रीबाट भने राजीनामा नदिने अडान राखेका थिए। यद्यपि पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाको सल्लाह र निर्देशन पछि लामा राजीनामाको लागि तयार भएका हुन् ।
देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलमा लामाले आफूद्वारा नियुक्त धादिङमा सांसद गोबिन्द लम्साल, चितवनका सांसदहरु गिता गुरुङ र माया लामालाई मन्त्रीमा नियुक्त गर्ने सर्तमा राजीनामा दिन तयार भएका हुन् ।