सोमबार, ११ कार्तिक, २०८२

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १० श्रावण, २०८२

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

९ साउन २०८२, हेटौँंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेस प्रदेशसभाका एक सदस्यले बताएका छन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।

आव ०८२/०८३ को बजेट निर्माणका क्रममा भएकाे विवाद चुलिएपछि बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे हाे । कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । 

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि काँग्रेसबाट प्रतिनिधित्व गरेका ४ मन्त्रीले राजीनामा दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।

advertisement_1680627680.gif