राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ७ कार्तिक, २०८१
काठमाडौँ, कार्तिक ७ । बालुवाटारमा सत्तारुढ दलको बैठक जारी रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका काम कारबाहीबारे समीक्षा र आगामी कार्ययोजना तय गर्न बैठक बसेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले बोलाएको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लागाएतका सरकारमा आबद्ध दलका नेताहरु सहभागी छन् । बैठकमा एमालेका नेताहरु, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारी लगायतका मन्त्री तथा नेताहरु पनि सहभागी रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको र सार्वजनिक गर्नु अगाडि बैठकमा छलफल गर्न लागेको बताइएको छ । प्रतिपक्ष दलहरूले सत्ता गठबन्धन लाइ विभिन्न आरोप लगाउँदै प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले ‘ अन्य दललाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका थिए ।
उक्त विषयमा पनि छलफल हुने बत्तिएको छ ।