राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ८ मंसिर, २०८२
२०८२ मंसिर ७, काठमाडौँ । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि सुनसरीमा आक्रमणको प्रयास भएको छ । आइतबार बस्नेत चढेको गाडीमा ढुंगा प्रहार भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेतमाथि ढुंगथा प्रहार भएको हो ।
विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा प्रहार भएको हो। उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए ।
नेता बस्नेतमाथि अर्पित कुवरले ढुंगा प्रहार गरेको बताइएको छ। अहिले ती युवा प्रहरीको नियन्त्रणमा रहेका छन् ।