बुधबार, ८ जेष्ठ, २०८२

बुद्धका विचारलाई संसारभर अघि बढाउने बेला आयो: ओली

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ बैशाख, २०८२

बुद्धका विचारलाई संसारभर अघि बढाउने बेला आयो: ओली

१३ वैशाख २०८२ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् । शनिबारदेखि लुम्बिनीमा सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै ओलीले संसारमा अशान्ति मच्चिरहेकाबेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको बताएका हुन्।

उनले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको र युद्धले शान्तिको सम्भावना नहुने भन्दै बुद्धका शिक्षाको महत्त्व झन् बढ्दै गएको बताए । विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्त्वपूर्ण विचार प्रवाह भइरहेको बताए ।

यस्तै कार्यक्रममा संस्कृतिएपर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको  रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मननको केन्द्रका रूपमा पहिचान कायम गराउन सरकार प्रतिबद्ध छ, उनले भने ।

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif