राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० असार, २०८२
१० असार २०८२, काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा गृह, श्रमलगायत मन्त्रालयका सहसचिवहरू सदस्य रहने भएका छन्। समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।
भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो ।