बुधबार, ८ जेष्ठ, २०८२

भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक, आतंकवादविरुद्ध साथमा छाैँ-परराष्ट्र मन्त्रालय

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ बैशाख, २०८२

भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक, आतंकवादविरुद्ध साथमा छाैँ-परराष्ट्र मन्त्रालय

२५ वैशाख २०८२, काठमाडौँ । नेपाल सरकारले भारत-पाकिस्तान तनावबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । भारत-पाकिस्तान द्वन्द्व चर्किरहँदा परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आधिकारिक धारण सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पहलगाम आक्रमणमा नेपालले पनि भारतसँग पीडाको ऐक्यबद्धता गरेको उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयले पहलगाम आक्रमणमा नेपालले एक नागरिकसमेत गुमाएको र तत्कालै उक्त आक्रमणको कडा शब्दमा भर्त्सना गरेको उल्लेख गरेको छ ।

‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ, ’विज्ञप्तिमा भनिएको छ । नेपाल दिगो शान्ति र स्थायित्वमा आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

भारत र पाकिस्तानबीच चुलिएको तनावलाई लिएर आज नेपाल सरकारको औपचारिक धारणा सार्वजनिक भएको हो ।

 

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif