राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २६ बैशाख, २०८२
२६ बैशाख २०८२, काठमाडौँ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो ।
‘भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँ दिल्ली अनुरोध गर्दछ ।’ दूतावासको सूचनामा भनिएको छ ।
राजदूतावासले कुनै आपतकालीन अवस्था आएमा आवश्यक समन्वय र सहजीकरणका लागि नयाँ दिल्लीस्थित राजदूतावास वा को टेलिफोन वा कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासका टेलिफोन वा हटलाइनमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।