राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ भाद्र, २०८२
२०८२ भदौ २२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
सङ्घीय संसद्को दुवै सदनबाट पारित भई आएको विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन् ।
संघीय संसद्को दुवै सदनबाट पारित भइ आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।