राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १५ भाद्र, २०८२
२०८२ भदौ १५, काठमाडौं । चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट वार्ता गरेका छन्।
एससीओ सम्मेलनको पूर्वसन्ध्यामा आयोजित रात्रिभोजमा उनीहरूबीच भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीसँग भेट्न पाउँदा खुसी लागेको सामाजिक सञ्जाल एक्समा भनेका छन्, 'तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो ।नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ ।' भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष र गहिरो रहेको उल्लेख गरेका छन्।