शनिबार, ६ बैशाख, २०८२

छानबिन समितिमा लामिछाने को नाम राख्ने/नराख्ने विषयमा दलहरूबीच सहमति जुट्न सकेन।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ६ जेष्ठ, २०८१

छानबिन समितिमा लामिछाने को नाम राख्ने/नराख्ने विषयमा दलहरूबीच सहमति जुट्न सकेन।

काठमाडौँ । द्विपक्षीय र बहुपक्षीय छलफल भए पनि सहकारी कोषमा भएको ठगीको छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा राजनीतिक दल बीच  सहमत हुन सकेन । छानबिन समितिको कार्यदल तोक्न गठन भएको कार्यदलले  सहमति  जुटाउन सकेको छैन ।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर छानविनमा समावेश गर्नुपर्नेमा जोड दिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले यसको विरोध गर्दै समस्याग्रस्त सबै सहकारीको बृहत् अनुसन्धानको वकालत गरेको छ । लामिछानेको नामसमावेश नगर्ने   तर उनी संलग्न रहेको सहकारीलाई समावेश गर्ने प्रारम्भिक सहमतिलाई नेपाली कांग्रेसले स्वीकार गर्न नमानेको बताइएको छ ।

असहमतिका कारण सुरुमा ११ बजे र त्यसपछि ४ बजेका लागि बोलाइएको संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो । यसैबीच दलहरूबीच सहमति नजुटेकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुने देखिएको छ ।

जनता समाजवादी पार्टी नेपालबाट समर्थन फिर्ता लिएपछि डेढ वर्षमा चौथो पटक विश्वासको मत मागेका प्रचण्डले दलहरु बीचको गतिरोध कायमै रहेकाले अन्योलमा परेका छन् ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif