शनिबार, ६ बैशाख, २०८२

ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदले गरे अविश्वास

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २९ असार, २०८१

ढल्यो प्रचण्ड सरकार, दुई तिहाइ सांसदले गरे अविश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आज ढलेको छ । १९ महिना सत्तामा बसेपछि पाचौ पटक विश्वासको मत लिएका प्रचण्डले आजको बैठकमा दुई तिहाइ सांसदले उनको विपक्षमा मतदान गरेका थिए ।

विश्वासको मत बैठकमा उपस्थित २५८ सांसदमध्ये प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एस )गरि ६३ सांसदले मत दिएका थिए । १९४ जनाले विपक्षमा मतदान गरेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ मत आवश्यक हुन्छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्छ भन्ने थाहा भए पनि प्रचण्डले विश्वासको मत लिएर अघि बढे । प्रचण्ड सरकार ढलेपछि कांग्रेस–एमाले गठबन्धनले ओलीलाई नै प्रधानमन्त्री बनाउने सहमतिअनुसार अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइनेछ ।

प्रचण्ड २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि  प्रधानमन्त्रीमा एमालेको समर्थनमा नियुक्त भएका थिए भने अहिले एमालेकै कारण सत्ताबाट बाहिरिन पुगेका हुन् 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif