राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ श्रावण, २०८२
४ साउन २०८२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत सहभागी छन् ।
छलफलमा सुरूअघि उनीहरुले सामूहिक तस्विर खिचाएका छन् । त्यसपछि वान टु वान सुरु भएको हो । यसैबीच, ओली र भण्डारी दुवै जना हँसिलो मुद्रामा देखिएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि भण्डारीको पहिलो भेटवार्ता हो । एमालेमा पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा बहस छलफल भएको छ ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आउएका छन्।