सोमबार, ११ कार्तिक, २०८२

एमालेका उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन चीन प्रस्थान

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १३ चैत्र, २०८०

एमालेका उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन चीन प्रस्थान

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन् ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेको पौडेलको सचिवालयले जनाएको छ ।

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ ।

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ ।

advertisement_1676551537.gif