मंगलवार, १२ कार्तिक, २०८२

एमालेलाई जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १२ कार्तिक, २०८१

एमालेलाई  जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, कार्तिक १२ । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

बस्तेनले दायर गरेको उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर गत मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि दान गरेको जग्गामा पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् ।

advertisement_1676553851.gif