मंगलवार, १२ कार्तिक, २०८२

एमालेले पार्टीबाट निकाल्दैमा मेरो अत्याचारविरुद्धको लडाइ कमजोर हुँदैन : भीम रावल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ पुष, २०८१

एमालेले पार्टीबाट निकाल्दैमा मेरो अत्याचारविरुद्धको लडाइ कमजोर हुँदैन : भीम रावल

२७ पुष, काठमाडौं । नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्धको लडाइ कमजोर नहुने बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले तानाशाही ढंगले एमाले नेतृत्वले आफूलाई निष्काशन गरेको भन्दै एमालेले निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय अत्याचारविरुद्ध र देशभक्तिको झण्डामाथि उठाउने उत्साहमा कमी नहुने बताए।

रावलले एमाले नेतृत्वको स्वच्छाचारी, राष्ट्रिय हित विपरितका कार्य, मनपरी र भ्रष्टाचारपूर्ण क्रियाकलापविरुद्ध लड्दा पाच्य नभएको जिकिर गरे। उनले आफूलाई बद्नाम गर्न राजावादी भएको प्रचार गरिएको समेत उल्लेख गरे ।

देशभक्तसँग हातेमालो गर्दै अघि बढ्ने र मातृभूमि जागरण अभियानलाई शसक्त बनाउने जिकिर गर्दै उनले देशको आवश्यकता भए बैकल्पीक शक्ति निर्माण गर्न सवैसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

advertisement_1676551537.gif