सोमबार, ११ कार्तिक, २०८२

एमाले नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २५ चैत्र, २०८०

एमाले नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आइतबार बिहान नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश भएको थियो।

अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ।

दिउँसो साढे ३ बजे मुख्यमन्त्रीले शपथ लिने तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

advertisement_1676553908.gif