बुधबार, ८ जेष्ठ, २०८२

एमाले नेता प्रदीप नेपालको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २३ बैशाख, २०८२

एमाले नेता प्रदीप नेपालको निधन

वैशाख २३, २०८२ काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित नेपालको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।  

लेखक तथा साहित्यकारसमेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए । मनमोहन अधिकारीको नेतृत्वमा एमालेको  ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री तथा पछि शिक्षामन्त्रीसमेत बनेका थिए ।

उनी लामो समय देखि राजनीतिमा निष्क्रिय थिए । 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif