शनिबार, ६ बैशाख, २०८२

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ जेष्ठ, २०८१

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित

पाल्पा, जेठ १२ । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसहमत निर्वाचित भएका छन। पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको हो ।

यस्तै उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दिपक विश्वकर्मा र मीना जिसी निर्वाचित हुनुभएको छ । यसैगरी जिल्ला कमिटी सदस्यमा दलिततर्फ  ८ जना, जनजातीमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेरका युवा १६ जना चयन भएका छन् । यसैगरी महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जना चयन भएका छन् । 

त्‍यस्‍तै खुला पालिकातर्फ निस्दी, पुर्वखोला, माथागढी, बगनासकाली, रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा पाँच-पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन् ।

अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर सहमतिमा पदाधिकारी टुङ्गिएको नेताहरूले बताएका छन् ।अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि एमाले जिल्ला कमिटिको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसक्नु भएको छ । 

शुक्रबारदेखि तानसेनमा जारी अधिवेशनमा ४५० बढी प्रतिनिधि सहभागी भएका थिए । अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गरेका थिए । 

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif