राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ४ श्रावण, २०८२
काठमाडौँ । नेकपा एमालेको आज सम्पन्न पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकले सामान्य सुझावलाई समावेश गरेर विधान संशोधन प्रस्ताव पारित गरेको बताइएको छ ।
पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र एउटै व्यक्ति दुई कार्यकाल नराख्ने, केन्द्रीय कमिटीको संख्या घटाउने विधान मस्यौदालाई अनुमोदन गरेको छ । बैठकले विधान मस्यौदालाई केन्द्रीय कमिटीमा पेस गर्ने गरी अनुमोदन गरेको हो ।
विधान मस्यौदालाई सर्वसम्मत पारित गरी केन्द्रीय कमिटीमा पेस गर्ने अनुमाति दिएको बताएइको छ ।
अब एमालेको केन्द्रिय कमिटीमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ समेत गरी २५१ सदस्यीय हुने निश्चित भएको छ । यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा राखिने छ ।
केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ ।