राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ३० भाद्र, २०८२
२०८२ भदौ ३०, काठमाडौँ I नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री अर्यालले सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने लगायतका तीनवटा निर्णयमा हस्ताक्षर गरेका छन् ।
गृहमन्त्री अर्यालले कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्को बैठकले तय गर्ने बताए । गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने र शवको व्यवस्थापनका लागि निशूल्क सवारी साधनको व्यवस्था गर्ने निर्णय गरिएको बताए ।
पदभार ग्रहणअघि मन्त्रालयमा गृहमन्त्री अर्याललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।