राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ आश्विन, २०८२
२०८२ असोज २३, काठमाडौ । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।
ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको बताइएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरूलाई तोकिएकै मापदण्डमा सुरक्षा व्यवस्था गर्नुपर्ने व्यवस्था छ।
सोही कार्यविधिअनुसार गृह मन्त्रालयले दुवै नेताको सुरक्षामा रहेका मापदण्ड विपरीतका सुरक्षाकर्मी हटाउने निर्णय गरेको हो ।