मंगलवार, १२ कार्तिक, २०८२

गृहमन्त्रीलाइ प्रश्न सोधेर मात्र जवाफ सुन्ने रास्वपाको अडान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ जेष्ठ, २०८२

गृहमन्त्रीलाइ प्रश्न सोधेर मात्र जवाफ सुन्ने रास्वपाको अडान

जेठ १२, २०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले  संसदबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रसस्त गर्नुपर्ने भन्दै मंगलबारको संसद बैठकमा सशक्त रूपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको बताइएको छ ।

सदनमा सांसदहरूले प्रश्न सोध्न नपाइ गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने  रास्वपाका नेताहरुले बताएका छन् । पहिला आफूहरूले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्रै जवाफ सुन्ने रास्वपाले बताएको छ ।

भिजिट भिषा  प्रकरणमा गृहमन्त्री तथा कांग्रेस नेता रमेस लेखक को नाम जोडीएपछि रास्वपाले यस अघि आफ्ना नेता गृहमन्त्री  हुदा कांग्रेसले लामो समय सदन अबरोध गरेको भन्दै रास्वपाले सबै प्रतिपक्षी दलहरुलाई साथ दिन समेत आवहान गरेको छ । 

advertisement_1680627706.gif