मंगलवार, २८ आश्विन, २०८२

गृहमन्त्री लेखकले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २३ भाद्र, २०८२

गृहमन्त्री लेखकले दिए राजीनामा

२०८२ भदौ २३, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । ‘घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियाे ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

advertisement_1676553851.gif